दाङ, ५ मंसिर । जिल्लामा लैगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउन समिति गठन गरिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा बुधवार भएको सरोकारवालाको छलफलले समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा जिल्लाका दशैवटै पालिका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समितिका सदस्य, जिल्ला प्रशासन, जिल्ला प्रहरी, नागरिक समाज र जिल्लामा क्रियाशील गैरसकारी संघसंस्थाहरु छन् । त्यसैगरेर बैठकले अभियानको मंसिर ९ गते उद्घाटन गर्ने निर्णय गरेको छ । घोराहीमा प्रभातफेरि कार्यक्रम गरेर अभियानको उद्घाटन गरिने निर्णय भएको समन्वय समितिका प्रमुख नेपालीले बताउनुभयो । प्रमुख नेपालीकाअनुसार मंसिर ९ गते विहान ८ बजे समन्वय समितिमा जम्मा भएर शहीदगेट, दामोदर चोक भएर तुलसीपुर चोकमा पुगेर सभा गरिने भएको छ ।त्यसैगरेर बैठकले पालिकाहरुलाई सचेतनामूलक कार्यक्रम गरेर अभियान मनाउनआग्रह गरेको छ । बैठकले अभियानको समीक्षा मंसिर २४ गते गर्ने र पालिकास्तरमा भएका अभियानका गतिविधि जिल्ला समन्वय समितिमा रिपोर्टिङ गर्ने निर्णय समेत गरेको छ । बैठकमा पालिका प्रमुख तथा उपप्रमुख, समन्वय समितका उपप्रमुख तथा सदस्य, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस