तिर्थराज ज्ञवाली

सिसहनियाँ (देउखुरी दाङ), ६ मंसिर । राप्ती गाउँपालिका वडा नं ७ का कृषकहरुलाई बेमौसमी तरकारी उत्पादनका लागि बीउ उपलब्ध गराइएको छ ।

बड्का सिसहनियाँ, छुट्की सिसहनियाँ, जगपुर, अर्नाहनपुर, जितपुर र भानपुर गाउँका कृषकहरुलाई वडा कार्यालयको स्वीकृत कार्यक्रम अनुसार तरकारीका बीउ शुक्रवार विहान वितरण गरिएको हो ।

टोलविकास संस्थाका संयोजकमार्फत कृषकलाई उपलब्ध गराउने गरी वडा अध्यक्ष विद्याशरण चौधरीले बीउपल वितरण गर्नुभएको छ । वडा समिति, टोलविकास संस्थाका संयोजक तथा प्रतिनिधिबीच भएको छलफल अनुसार विगतका दिनमा तरकारीका बीउपल प्राप्त नगरेकालाई प्राथमिकतामा राखी बीउपल वितरण गर्ने निर्णय अनुसार गोभी, सिमी, मुला, गाँजर, धनियाको बीउ वितरण गरिएको हो ।

वडा नं ७ ले कृषकको आयस्तर बृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यका साथ यस आर्थिक वर्षभित्र सिजन अनुसारको आलु, तोरी, गहुँको उन्नत बीउ निःशुल्क, अनुदान र साझेदारीमा वितरण गरिसकेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस