भान्सामा जे पाक्छ, त्यो खानेकुरा फटाफट खाने र काममा दौडने आम नेपालीको बानी छ। स्वास्थ्यको ख्याल गर्दै खानेकुरा मिलाएर खाने चलन नेपाली समाजमा उतिसारो देखिँदैन। अझ कस्ता रङका खानेकुरा खाने भन्ने ज्ञान त बिरलै मानिसमा पाइएला।

खान्कीमा जति रंगीन तरकारी मिसाइन्छ, त्यति नै स्वास्थ्यलाई फाइदा पुग्छ। बजारमा विभिन्न रङका फलफूल तथा तरकारी उपलब्ध हुन्छन्। मात्र छान्न जान्नुप¥यो। रंगीनमध्ये पनि इन्द्रेनी रङका फलफुल तथा तरकारी नियमित सेवन गर्नाले मानव स्वास्थ्यमा आमूल परिवर्तन आउने खाद्य विज्ञहरु बताउँछन्।

रातो,कालो, निलो,हरियो, पहेँलो, सेतोलगायत रङका फलफूल तथा तरकारी बजारमा उपलब्ध हुन्छन्। जस्तो भिडे खुर्सानी रातो, पहेँलो, हरियो तीनै रङमा पाउन सकिन्छ। त्यस्तै बन्दा गोभी पनि रातो रङको पनि पाउन सकिन्छ, सेतो पनि पाउन सकिन्छ। कृत्रिम रङका तरकारी तथा फलफूल भने शरीरका लागि हानिकारक मानिन्छन्।

इन्द्रेणी रङका तरकारीमा विभिन्न रोगसँग लड्नसक्ने क्षमता हुने हुँदा मुटुसम्बन्धी रोग, मिर्गौलासम्बन्धी रोग,क्यान्सर जस्ता रोग लाग्नबाट बचाउँछ। त्यसैले आफ्नो खुराकमा हरेक दिन इन्द्रेणी रङका, फरक–फरक रङका तरकारी मिसाएर खानु जरुरी छ। तर शुभ बिहानीको भोजन मजाले खाने र रात्रिको भोजन हल्का खानु उत्तम मानिन्छ।

के–के हुन् इन्द्रेणी तरकारी र फलफूल 


इन्द्रेणी तरकारी, रातो,पहेँलो हरियो र भिडे खुर्सानी, आबोकाडो, पालक, रातो बन्दा, चुकन्दर, रातो आलु, रातो सखरखन्ड, गोलभेँडा, डेडिसियो लेटुस, गाजर, पहेँलो फर्सी, काउली, ब्रो काउली, सेलरी, छ्यापी, कालो भ्यान्टा, काले साग, पाकचोय, किम्ची, लिक, पिँडालु, तरुल, च्याउ, रायोको साग, पर्पल स्विट पोट्याटो, गान्टे मुला, कुरिलो, पालक, वाटर क्रेस, हरियो केराउ, सिमी, बोडी, इन्डिब्स, वाटर चेसनट, जुकुनी आदि पर्दछन्।
त्यस्तै इन्द्रेणी फलफूलमा खर्बुजा, मेवा, अनार, रसबेरी, ऐँसेलु, चुत्रो, चेरी, हरियो–रातो स्याउ, अंगुर, भोगटे, सुन्तला, ब्लड ओरेन्ज, पिन्क रेड ग्रेप फ्रुट, किवी, प्यासन फ्रुट, स्ट्रबेरी,क्रानबेरी आदि पर्दछन्।

इन्द्रेणी तरकारी तथा फलफूल खादा हुने फाइदा 
– रक्तचाप नियन्त्रण गर्न ठूलो भूमिका खेल्छ।
–मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ।
–क्यान्सर जस्तो भयानक र डरलाग्दो रोग लाग्नबाट बचाउँछ।
–कलेजोको लागि रंगीनतरकारी तथा फलफूल अति उत्तम मानिन्छ।
–इनर्जी लेबल बढाउँछ र शरीरमा स्फूर्ति बृद्धि हुन आउँछ।
–मस्तिष्कलाई सधैं ताजा र स्फूर्त राख्न मद्दत पु¥याउँछ।
–सुगर लेबल नियन्त्रणमा राख्न मद्दत पु¥याउँछ।
–खराब कोलेस्टेरोल नियन्त्रण गर्छ।
–गर्भवतीका लागि अति नै फाइदाजनक मानिन्छ।
–सेक्सुयल हेल्थमा पूर्ण रुपमा सुधार ल्याउँछ।
–हड्डी र दाँत मजबुत बनाउँछ।
–अवश्यकताभन्दा ज्यादा वजनलाई नियन्त्रणमा ल्याउँछ।
–इन्द्रेणी फलफूल तथा तरकारीले आँखा तेजिलो हुनुका साथै छालामा मुलायम बनाउन पनि मद्दत गर्छ।
–शरीरमा अवश्यक सेलहरु उत्पादन गर्न प्रमुख भूमिका खेलेको हुन्छ।
–इन्द्रेणी फलफूल तथा तरकारीमा पोटासियम, म्याग्नेसियम, फाइबर, भिटामिन ए, भिटामिन सी, फोलेट, आइरन, सोडियम प्रशस्त पाइने हुँदा एक स्वास्थ्य शरीरका लागि अमृतसमान मानिन्छ।

इन्द्रेणी फलफूल र तरकारीका परिकार
रंगीन तरकारीका यावत् परिकार बनाउन सकिन्छ। विभिन्न सलाद, सुप, तरकारी र कति त काँचै पनि खान मिल्ने हुन्छ। ताजा तरकारीबाट बन्ने अति स्वस्थ्यकर सुपहरुमा चुकन्डरको चिसो र तातो सुप, कुरिलोबाट बन्ने सुप, च्याउबाट बन्ने सुप तथा ग्रेभीहरु, गाँजरको सुप, लेटुसका सलादहरु अति लोकप्रिय छन्। त्यस्तै इन्द्रेणी फलफूलबाट पनि विभिन्न फ्रुट सलाद, फ्रुट केक, जुस,लस्सी, मक्टेल र ताजा फलहरु सादा रुपमा सेवन गर्दा पनि अति स्वस्थ्यकर मानिन्छ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस