घोराही, १७ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपचार सेवा शूल्क मंगलबार देखी बृद्धि गरेको छ । प्रतिष्ठानले बिभिन्न क्षेत्रको बिरोधका बाबजुत मंगलबारबाट नाम दर्ता देखी अप्रेशन सम्मको शूल्कमा चर्को शूल्क बृद्धी गरेको हो ।
हिजो सम्म २५ रुपैयाँमा ओपिडी जाँचका लागि काटिने टिकटलाई आज देखी १ सय रुपैयाँ बनाइएको छ । त्यसैगरी, ३० रुपैयाँमा हुने इमर्जेन्सी सेवा २ सय, निशुल्क रहेको सुत्केरी सेवामा सामान्यलाई ३ हजार र १२ हजार रुपैयाँ लागु गरेको छ ।
निशुल्क रहेको बेड शूल्क आजबाट प्रतिदिन २ सय २० लाग्ने भएको छ । मुख्य सल्यकृया ५ हजार लिदै आएकोमा बढाएर १२ हजार पुर्‍याइएको छ भने मध्यम सल्यकृया १५ सयबाट ६ हजार ५ सय पुर्‍याइएको छ ।
त्यसैगरी माइनर शल्यकृया एक हजारबाट २ हजार ५ सय लाग्ने बनाएको छ । उपचार शूल्क बृद्धीको चौतर्फि बिरोध भएपनि प्रतिष्ठानले बृद्धी गरेको शूल्कमा उपचार थालेको हो ।
यसैविच राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ दाङले पनि प्रतिष्ठानले उपचारका नाममा गरेको शूल्क बृद्धी तत्काल घटाउन माग गर्दै जिल्ला प्रसासन कार्यालय दाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस