घोराही, २ फागुन । घोराही उपमहानगरपालिकाले अपांग परिचयपत्र वितरण थालेको छ । सरकारको नयाँ कार्यविधिअनुसार घोराही उपमहानगरले आफ्नै कार्यविधि बनाएर फेरि अपांगता परिचयपत्र वितरण थालेको हो ।

आज नगरप्रमुख नरुलाल चौधरीले घोराही ८ सौँरीका पर्वत थारुलाई परिचयपत्र हस्तान्तरण गरेर वितरणको काम थाल्नुभएको हो । नगर उपप्रमुख सीता सिग्देल न्यौपाने र महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्माको उपस्थितिमा बोली नआउने र कान नसुन्ने अवस्थामा रहेका पर्वतलाई ख वर्गको अपांगता परिचयपत्र दिइएको हो ।

सरकारले अपांगता भएकाहरुलाई क, ख, ग र घ वर्गमा वर्गीकृत गरी परिचयपत्र वितरण थालेको हो । उक्त परिचयपत्रका आधारमा गाडी भाडा, स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस