दाङ, ३ फागुन । हरेक मानिसले आफ्नो स्वास्थ्यको बारेमा ख्याल गर्नुपर्ने धारणा शुक्रबार बंगलाचुलीमा आयोजना गरिएको एक कार्यक्रमका सहभागिले बताएका छन् । उनिहरुले मान्छेको स्वाथ्यलाई जस्तो बनायो उस्तै प्रतिफल मिल्ने भन्दै स्वाथ्यको सबैले ख्याल गर्नुपर्ने बताएका थिए । बंगलाचुली गाउँपालिकामा आयोजीत एकदिने निःशुल्क स्वाथ्य शिविरको उद्घाटन शत्रमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रदेश नम्वर ५ का सभासद् अमर बहादुर डाँगीले स्वाथ्यलाई हानी गर्ने चीजको कसैले पनि सेवन गर्न नहुने बताउनु भयो । उहाँले नेपालमा रहेका विभिन्न खालका जंक फुडहरुले मानवीय स्वाथ्यमा गम्भिर असर गरेको भन्दै यस्तो खानेकुराहरुलाई सकेसम्म खानै नहुने सुझाव दिनुभयो । यस्तै उहाँले हरेक नागरिकलाई स्वाथ्य सेवा प्रदान गर्ने प्रदेश सरकारको निती अनुसार बंगलाचुली गाउँपालिकामा स्वाथ्य शिवीर संचालन गरीएको जानकारी दिनुभयो ।

उहाँले नागरिकको नैसर्गिक अधिकार भित्र रहेको स्वाथ्य जस्तो सम्वेदनशिल विषयमा प्रदेश नम्वर ५ सरकार गम्भिर भएर लागेको जानकारी गराउनु भयो । उहाँले अवको सरकारले नागरिकाको हरेक प्रकारको सेवा प्रभावहका लागि सरकार गम्भिरताका साथ लागेको बताउनु भयो । सांसद् डाँगीले बंगलाचुली गाउँपालिका भौगोलीक रुपमा विकट भएता पनि यहाँको जनताको जीवनस्तर परिवर्तन गर्नका लागि स्थानीय, प्रदेश र संघबाट विभिन्न खालका कार्यक्रमहरु लागुहुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रदेश सरकारले बंगलाचुली गाउँपालिकाका नागरिकका लागि भनेर संचालन गरेको स्वाथ्य शिविरले धेरै सहयोग पुराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भौगोलीक विकटताका कारण कुनै निश्चित ठाउँमा मात्रै संचालन गरेको स्वाथ्य शिविरले सबैलाई समेट्न नसक्ने भन्दै अन्य वडाहरुलाई पनि समेट्ने गरी यस्ता शिविरहरुको आयोजना गर्नु पर्नेमा जोड दिनु भयो ।

अध्यक्ष वलीले बंगलाचुलीको आवश्यकता स्वाथ्यमात्र नभएर अन्य थुप्रैकुराहरु रहेको भन्दै त्यसलाई पनि पूरा गर्नकालागि स्थानीय सरकार गम्भिर रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश नम्वर ५ का जनस्वाथ्य अधिकृत ओम पी न्यौपानेले कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो । बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना थापामगरको स्वागत मनतब्य बाट सुरुभएको कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिका स्वाथ्य शाखा प्रमुख भक्त बहदुर जीसीले गर्नुभएको थियो ।

शिविरमा दुई सय बढीलाई सेवा
यसैवीच दाङको बंगलाचुली गाउँपालिकामा एकदिने निशुल्क स्वाथ्य शिविर सम्पन्न गरिएको छ । प्रदेश कार्यालय स्थापनाको उपलक्ष्यमा प्रदेश नम्वर ५ सामाजिक विकास मन्त्रालय स्वाथ्य निर्देशनालयको आयोजनामा स्वाथ्य शिविर सम्पन्न गरिएको हो । शिविरमा दुई सय २० बढीले स्वाथ्य सेवा दिएका थिए ।

जसमा एक सय ९५ महिला २५ जना पुरुषहरुले स्वाथ्य सेवा लिएको बंगलाचुली गाउँपालिका स्वाथ्य शाखा प्रमुख भक्त बहादुर जी.सीले जानकारी दिनुभयो । शिविरमा सम्पूर्ण प्रकारको छालारोग, स्त्री रोग, सम्वन्धी स्वाथ्य सेवा प्रदान गरीएको थियो । शिविरमा एक जना पाठेघरको समस्या भएको महिला, रिङपेसरीलगाएका तीन जना, सेतोपानी बग्ने लगायतका समस्या भएका २५ जना अनि अन्य रोगमा महिलाहरुले स्त्री रोग विशेषज्ञ सरस्वती श्रेष्ठ बाट सेवा लिएका थिए ।

डाक्टर श्रेष्ठले महिलाहरुले आफ्नो स्वाथ्यको उचित हेरविचार नगर्दा विभिन्न खालका संक्रमणबाट महिला पीडित रहेको बताउनुभयो । आफ्नो रोगका बारेमा खुलेर भन्न नसक्नुले पनि महिलाहरुमा पाठेघरको समस्या, सेतोपानी बग्ने जस्ता रोगले सताउने गरेको डाक्टर श्रेष्ठले बताउनु भयो । त्यसैगरी शिवीरमा विभिन्न खालका जटिल प्रकारका दाद भएका पाँच जनाले पनि छालारोग विशेषज्ञबाट स्वाथ्य सेवा लिएका थिए । भने हाड जोर्नी तथा नसा सम्बन्धी रोगका विरामीहरुले आयूर्वेद स्वाथ्य सेवा प्राप्त गरेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस