घोराही, ३ फागुन । घोराही उपमहानगरपालिका वडा नं. १४ ले वडामा काम गर्दै आएका उत्कृष्ट महिला स्वास्थ्यस्वयंम सेवीकालाई पुरस्कृत गर्ने भएको छ । महिला स्वास्थ्य स्वयंमसेविकाको प्रथम अर्ध–बार्षिक समिक्षा कार्यक्रममा वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले यस्तो जानकारी दिनुभएको हो ।

कार्यक्रममा बोल्दै वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेले काम गर्ने वातावरण सहज बनाउँनका लागि काम गर्नुपर्ने बताउनुभयो । बर्षदिन सम्म स्वंयम सेवीकाले एक जोड ड्रेसको भरमा काम गर्न बाध्य भएको बताउँदै यसबारेमा राज्यले निती बनाउन आबश्यक भएको वताउनुभयो ।

कार्यक्रम शहरी स्वास्थ्य केन्द्रका संयोजक एवं वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको थियो । उक्त अवसरमा स्वयंमसेवीका विणा खनाल, धना जि.सि.ले बोल्नुभएको थियो । कार्यक्रमको संचालन राधा पौड्लले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस