घोराही । पाण्डवेश्वर धारपानी धामको बृहत विकासका लागि यही फागुन ११ देखि १८ गतेसम्म सञ्चालन हुन लागेको श्रीमद् भागवत ज्ञानमहायज्ञ अवधिका लागि घोराही-धारापानी यातायात भाडादर निर्धारण गरिएको छ । प्रचार प्रसार तथा यातायात व्यावस्थापन उपसमितिका संयोजक धनपति शर्माको अध्यक्षता जिल्लामा सञ्चालित यातायात व्यावसायी समितिबीचको बैठकले महायज्ञ अवधिभरका लागि बसमा प्रति व्यक्ति ४० र अटोमा प्रति व्यक्ति ७५ रुपैयाँ भाडादर निर्धारण गरेको हो ।

महायज्ञ अवधिभर राप्ती अञ्चल सार्वजानिक यातायात बस व्यावसायी समिति, नमस्ते राप्ती यातायात प्रालि, अम्बिकेश्वरी यातायात बस व्यावसायी समिति, तुलसीपुर टेक्सी तथा मिनिबस यातायात प्रालि, साहारा यातायात प्रालि , मालिका कालिका यातायात प्रालि र अटोरिक्सा तथा टेम्पो व्यावसायी समितिले आवश्यकताअनुसार सेवा सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस