तुलसीपुर, १७ फागुन । तुलसीपुरमा रहेको एक निजी विद्यालयका अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्च जम्मा गरेर असहाय बालविकास केन्द्रमा सहयोग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ बर–पिपल चौतारी टोलमा रहेको दाङ भ्याली इङ्लिस मिडियम स्कुलमा अध्ययनरत कक्षा ७ र ८ का विद्यार्थीहरुले एक वर्षको खाजा खर्च बचत गरेर तुलसीपुर उपमहानगरपालिका १८ विजौरीमा रहेको असाहय बालविकास केन्द्रमा सहयोग गरेका हुन् ।

अनाथ बालबालिकाहरुलाई आश्रय दिएको केन्द्रलाई खाजा खर्चको रकमले खाद्यान्न सहयोग गरिएको विद्यार्थी सितल केसीले बताउनुभयो । पश्चिम नेपालका विभिन्न जिल्लाका १४ जना बालबालिका केन्द्रमा रहेको र उनीहरुको पालनपोषणमा सहयोग पु¥याउने उद्देश्यले विद्यालयका विद्यार्थीहरुले आफूले खाने खाजा खर्चबाट केही रकम बचत गरेर असहाय केन्द्रमा सहयोग गरेको विद्यालयका सह–प्रधानाध्यापक केशर सिंह बुढाथोकीले जानकारी दिनुभयो ।

विद्यालयले विभिन्न समयमा सामाजिक कार्यमा सहयोग गर्दै आएको र यसपटक विद्यार्थीहरुको सक्रियतामा बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरिएको विद्यालयका संस्थापक प्रधानाध्यपक तथा सञ्चालक समिति अध्यक्ष तिलक साहुले बताउनुभयो । केन्द्रमा ७ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरु रहेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस