घोराही, १८ फागुन । बालविवाह गर्नेलाई कानून बमोजिम कारबाही नहुँदासम्म यस्ता घटना न्यूनीकरण नहुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दाङ महिला जेसिजले घोराही उपमहानगरपालिका १४ को ट्राफिक टोलको खोलीगाउँमा आयोजना गरेको बालबिबाह न्युनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले २० बर्षमुनिको बिबाहलाई कानूनले अपराध मान्ने भन्दै बाल बिबाहलाई हतोत्साहित गर्नुपर्ने बताएका थिए । समाजमा अहिले पनि बाल बिबाहका घटनाहरु घटीरहेको भन्दै त्यस्ता घटनालाई प्रश्रय दिन नहुने बताएका थिए ।दाङ महिला जेसिजका अध्यक्ष रेखा शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जेसिजका पुर्ब अध्यक्ष निरजा पोखरेल, सहभागी राधिका बिक, ट्राफिकचोक टोल बिकास संस्थाका अध्यक्ष रचना कुमाललगाएतले बोल्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई पत्रकार बसुन्धरा गौतम, जेसिजका पुर्ब अध्यक्ष बिमला शर्माले बालबिबाह, यसले पार्ने असर, कानुनी कारबाही र यसको न्युनीकरणका बिषयमा जानकारी गराउनुभएको थियो । उपाध्यक्ष जिबा भुषालले धन्यवाद ज्ञापन गर्नुभएको थियो कार्यक्रमको सञ्चालन महासचिब अनिता ढकालले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस