घोराही, २३ फागुन । घोराही उपमहानगरपालिकाले बजार व्यवस्थापनलाई कडाईका साथ कार्यान्वयन गर्ने भएको छ । बजार व्यवस्थापन समितिको विहिबार बसेको बैठकले ठेला व्यवसाय, फुटफाथ व्यवसाय र घुमन्ते व्यवसायलाई व्यवस्थित गर्न बजार व्यवस्थापन कार्य बिधी अनुसार अघि बढ्ने निर्णय गरेको हो ।

समितिका संयोजक एवं नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले यस अघि तोकिएको स्थान पुरानो बसपार्क र घरेलु सिल्पकलाको जग्गामा ठेला व्यवसायीलाई व्यवस्थापन गर्ने, सडक मिचेर गरिएका व्यवसायलाई हटाउने र डोका डालो बाहेक अन्य सामानहरु दर्ता बिनै डुलाएर वेच्न नदिने निर्णय गरेको छ । ति निर्णय कार्यान्वयनका लागि वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा बिभिन्न सरोकारवालाहरुको समिति गठन भएको छ । समितिको निर्णयलाई अटेर गरे बजार व्यवस्थापन कार्यबिधी २०७४ को दफा १७ को ३ बमोजिम ५ सय देखी १० हजार रुपैयाँ सम्म जरीवाना गर्ने निर्णय भएको छ ।त्यसैगरी बजारमा पार्किङको व्यवस्थापनका लागि वडा नम्बर १८ का अध्यक्ष एवं प्रबक्ता भरत अर्यालको संयोजकत्वमा एक समिति गठन भएको छ । समितिले पार्किङ स्थलको खोजी र पहिचान गरि चैत्र १५ गते भित्र प्रतिबेदन पेश गर्ने जिम्मेवारी पाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस