घोराही, २५ फागुन । टिप्परको ठक्करबाट मृत्युभएका बंगलाचुली गाउँपालिका ३ का ठाकुरप्रसाद महराको परिवारलाई साढे ७ लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमति भएको छ । हिजो घोराही मुर्कुटी सडक खण्डको घोराही उपमहानगरपालिका ४ कुमाकी ढुंगेमोड नजिकै रा १ ख ८९० नम्बरको टिप्परले रा ३ प ३३५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार महराको मृत्यु भएको थियो ।

दुर्घटनपछि पिडित परिवारलाई उचित क्षतिपूर्ती र चालकलाई कार्वाहीको माग गर्दै पिडित पक्षले बंगलाचुलीको तापा चोकमा सडक अबरुद्ध पारेका थिए । टिप्पर ब्यबसायी, स्थानीय जनप्रतिनीधि र पीडित पक्षबीच भएको छलफलबाट विमा बाफतको ५ लाख र टिप्पर व्यवसायीले साढे २ लाख रुपैयाँ दिने सहमति भएपछि सडक खुलेको हो ।

घोराही मुर्कुटी सडक मदन भण्डारी राजर्मागमा परेपछि कालोपत्रे गर्नका लागि पहिलो चरणको काम हुँदै आएको र सोही काममा प्रयोग हुँदै आएको टिप्परले मोटरसाईकललाई ठक्कर दिएको थियो । गम्भिर घाइते अबस्थामा महरालाई उपचारका लागि घोराही ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

मोटरसाइकल चालक बंगलाचलीकै कमलाल पौडेलको खुट्टामा चोट लागेको र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भएको छ । टिप्पर चालक फरार रहेको र खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ । चालकको ठेगाना पत्ता लागे पनि पक्राउ पर्न नसकेको प्रहरीको भनाई छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस