देउखुरी, २५ फागुन । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका १ नर्तीमा रा ५ प १७९३ नम्बरको मोटरसाइकल हाते ट्याक्टरसँग ठोकिँदा मोटरसाइकल चालक लमही २ निवासी २० वर्षीय सुशील चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा परि गम्भिर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक बुद्धिराम चौधरी र मोटरसाइकलको पछाडि सवार राप्ती गाउँपालिका ६ निवासी अमिस चौधरी घाइते हुनुभएको छ ।

घाइते दुबै जनाको अहिले बुटवलमा उपचार भैरहेको छ । घटनास्थल नजिकै प्रहरीचौकी रहे पनि दुर्घटनाबारे थाहा नपाउँदा घाइतेहरुको समयमै उद्धार गर्न नसकिएको स्थानीयले बताएका छन् । दुर्घटना राति साढे १ बजे भएको बताइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस