घोराही, २७ फागुन । दाङमा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १९ की १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १९ बर्षिय सन्तोष घर्ती मगरलाई प्रहरी पक्राउ गरेको हो ।

बालिकाकी दाजुको जाहेरीका आधारमा सन्तोषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सन्तोषलाई जवरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरी प्रमुख एसपी वेलबहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस