दाङ, चैत १ । शान्ति निकेतन विद्यालय घोराहीले एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई विदाइ गरेको छ । शैक्षिक शत्र २०७५ को एस.ई.ई. परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाइ गरिएको हो ।

विद्यार्थी प्रतिभा पोख्रेलको अध्यक्षता एवं विद्यालयका प्रबन्ध निर्देशक सुनिल गौतमको प्रमुख आतिथ्यता तथा प्रिन्सिपल खगेश्वर पौडेलको विशिष्ट आतिथ्यतामा भएको विदाइ कार्यक्रममा भाइस–प्रिन्सिपल टीका बस्नेत, जुनियर रेडक्रस सर्कलका शिक्षक नायक एशोदा भण्डारी, रेडक्रस सर्कलका अध्यक्ष साजना थारु कुमाल, विद्यालय क्याप्टेन ममता बस्नेत, बालक्लवका अध्यक्ष प्रविण चौधरीलगायतले बोलनुभएको थियो ।

रेडक्रस सर्कलका उपाध्यक्ष टीकामति घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी अंशु केसी र पार्वता रिजालले गर्नुभएको थियो । २०५९ सालमा स्थापना भएको विद्यालयका विद्यार्थीहरुले २०६६ सालदेखि प्रवेशिका परीक्षामा सहभागीता जनाउन थालेका थिए । यस वर्ष १० औं व्याचलाई विदाइ गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस