घोराही, चैत्र १ । घोराही उपमहानगरपालिका १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीमा अध्यनरत कक्षा दशका छात्रछात्राहरुलाई एक कार्यक्रमकाबीच बिदाई गरिएको छ ।
विद्यालयमा गठित सृजनशील बाल क्लबका अध्यक्ष सुदीप बस्नेतको अध्यक्षता एवम् विद्यालयका प्रिन्सिपल केशबराज गिरीको प्रमुख आतिथ्यता आयोजित बिदाई कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीहरुलाई एसइई परीक्षामा अनुशासित, सभ्य, मर्यादित र शान्तपूर्वक उपस्थित हुन आग्रह गरेका थिए । कार्यक्रमका वक्ताहरुले एसइईलाई चुनौतीका रुपमा नभई अवसरका रुपमा लिई आफ्नो अध्ययनलाई निरन्तरता दिन सुझाव दिएका थिए ।
कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल महेश बस्नेत, विद्यालयकी कार्यक्रम संयोजक बिमला केसी, जुनियर रेडक्रस सर्कलका शिक्षक नायक अमृत घर्ती मगर, शिक्षकहरु कमलप्रसाद शर्मा, मनराज नाथ, कक्षा दशका छात्रछात्राहरु बिनय ओली, कमल चौधरी, शिक्षा पौडेललगायतले मन्तव्य राखेका थिए ।
जुरेसकी कोषाध्यक्ष शस्मिता डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कक्षा ९ का छात्र श्रीधर रावतले धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण जुरेसका अध्यक्ष खिमबहादुर चौधरीले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, कविता र मुक्तक प्रस्तुत गरेका थिए । यस वर्षको एस्.ई.ई.परीक्षामा विद्यालयबाट पच्चीस जना विद्यार्थीहरु सहभागी हुँदैछन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस