घोराही, २ चैत्र । दाङमा भएका तीनवटा सवारी दुर्घटनामा दुईजनाको मृत्युभएको छ भने ४ जना घाईते भएको छ । देउखुरीको पूर्बपश्चिम राजमार्ग लमहि नगरपालिका ३ बनगाउँ चोकमा रा २ प ६०२६ नम्बरको मोटरसाइकलले ठक्कर दिदा एक जना पैदलयात्रीको मृत्युभएको छ ।

मोटरसाइकको ठक्करबाट गम्भिर घाईते भएका लमही नगरपालिका ३ का ६० बर्षिय जयमंगल चौधरीको क्रिमसन अस्पताल रुपन्देहीमा उपचारको क्रममा गएराती मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ । मृतक चौधरीकी श्रीमती ५० बषिया छुनिया चौधरी र ठक्कर दिने मोटरसाईकल चालक लमही नगरपालिका ५ कोलहीका ३२ बर्षिय राजकुमार चौधरी पनि घाईते भएको र उहाँहरुको उपचार पछि डिस्चार्ज भैसकेको प्रहरीको भनाई छ ।

यसैविच देउखुरीको राप्ति गाउँपालिका ५ पहरुवामा रा ३ प ८४१७ नम्बरको मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्युभएको छ । साईकललाई ठक्कर दिएर अनियन्त्रीत भएको मोटरसाईल पल्टीदा चालक लमही नगरपालिका ५ वस्ने ४४ बर्षिय पिताम्बर गोराथोकी घाईते भएको र फ्लोरेन्स अस्पताल लमहीमा उपचारको क्रममा मृत्युभएको छ ।

साइकल चालक लमही नगरपालिका ४ वस्ने ३० बर्षिय रामअवतार चौधरी समेत घाईते भएको र स्थानिय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ । यसैविच घोराही लमही सडक खण्डको मसोटमा बस पल्टीदा दुई जना घाइते भएका छन् ।

घोराहीबाट लमही तर्फ जादै गरेको रा १ ख ६७४ नम्बरको बस अनियन्त्रित भई पल्टिदा चालक घोराही ५ धर्नाका ४५ बर्षिय शेरबहादुर के.सी र सोही ठाउँका ४० बर्षिय पोषण गिरी घाईते हुनुभ्एको छ । दुबै जनाले मादक पदार्थ सेवन गरेको देखिएको र अहिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस