दाङ, ४ चैत्र । महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालको आयोजनामा सोमबार घोराहीमा संस्थाको वार्षिक समीक्षा तथा योजना सम्बन्धी जिल्लास्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।

संस्थाले सन् २०१८ मा दाङमा सम्पन्न गरेका गतिविधि तथा सन् २०१९ कालागि प्रस्तावित कार्यक्रमहरुका बारेमा जानकारी दिने तथा सुझाव लिने उद्देश्यले समन्वय बैठकको आयोजना गरिएको हो । संस्थाका जिल्ला संयोजक ईश्वरी थापाको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

बैठकका प्रमुख अतिथी जिसस प्रमुख नेपालीले उपरीतहमा राज्य परिवर्तन भए पनि सोंच परिवर्तन हुन नसक्दा महिलाहरु अझै अधिकारसम्पन्न हुन नसकेको धारणा राख्नु भएको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे.निमित्त जिल्ला समन्वय अधिकारी जीवराज शर्मा, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्यलगायतले सुझाव दिनु भएको थियो ।

कार्यक्रममा संस्थाका जिल्ला संयोजक ईश्वरी थापाले ओरेकले सञ्चालन गरेका तथा गर्ने क्रियाकलापबारे प्रस्तुती राख्नु भएको थियो । ओरेककी कार्यक्रम अधिकृत सविता चौधरीको स्वागतबाट शुरु गरिएको कार्यक्रमको सहजीकरण दीपा धितालले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस