घोराही, ५ चैत्र । घोराहीको मेनरोड कालोपत्रेमा चरम ढिलाई र गुणस्तरहीन भएको भन्दै स्थानीयहरुले सडक कार्यालयको ध्यानाकर्षण गराएका छन् । मेनरोडमा विभिन्न व्यवसाय गर्दै आएकाहरुले आज सडक डिभिजन कार्यालयका प्रमुख बद्रिप्रसाद शर्माको ध्यानआकर्षण गराएका हुन् ।

निर्णाण थालेको लामो समयसम्म पनि काम पूरा हुन नसकेको, कालोपत्रे गरेका सडकमा खाल्डैखाल्डा परेको, सडक धुलाम्य भएको, कालोपत्रेको काममा चरम ढिलाइले आफूहरुको व्यवसाय धरापमा परेको भन्दै तत्काल कामलाई पूर्णता दिन आग्रह गरेका हुन् ।टोल विकास संस्थासहित व्यवसायीको टोलीले सडक कार्यालयका प्रमुख शर्मालाई छिटो भन्दा छिटो गुणस्तरीय कालोपत्रे गर्न ध्यान आकर्षण गराएको व्यवसायी ओविन्द्र महराले जानकारी दिनुभयो ।

ट्राफिक चोकदेखि डिके पेट्रोल पम्पसम्मको सडक केही बर्ष पहिले नै कालोपत्रे भैसक्नु पर्ने भए पनि सडक कार्यालय र निर्माण व्यवसायीको लापर्वाहीले गर्दा सडक धुलाम्य हुनु दुर्भाग्यपूर्ण भएको स्थानीयहरुको भनाइ छ । जवाफमा सडक कार्यालयका प्रमुख शर्माले ठेकेदारकै ढिलाईले काम नभएको भन्दै पन्छन खोजेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस