तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी), ५ चैत । राप्ती गाउँपालिकाको यस आर्थिक वर्ष २०७५÷७६ को स्वीकृत योजनाअन्तर्गत सम्पन्न विकासे योजनाहरको मंगलवार स्थलगत अनुगमन गरिएको छ । कर्मचारी समायोजनको कार्य हुँदै गर्दा सम्पन्न भएर पनि अनुगमन तथा फरफारक हुन नसकेका योजनाहरुको अनुगमन गरिएको राप्ती गाउँपालिकाका सूचना अधिकारी गिरिधारीप्रसाद पन्तले जानकारी दिनुभयो ।

सूचना अधिकारी गिरिधारीप्रसाद पन्तकाअनुसार नागरिकलाई सहज तथा सरल तवरले रकम फछ्र्यौटका लागि पर्याप्त कर्मचारी नरहँदा समेत छिटो छरितो कार्यप्रक्रिया बढाउनका लागि अनुगमन गरिएको हो । गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको संयोजकत्वमा गरिएको अनुगमनमा वडा नं. ७ को अर्नाहनपुर पक्की नाली, वडा नं. ४ को चतुरुवा कृषि सडक पक्की कल्भट, बुढिचौर पक्की नाली, वडा नं. ८ को पिपरी गल्लीमा निर्माण गरिएको पक्की नाली, शंकर माध्यामकि विद्यालयको भवन, वडा नं. २ को ग्राभेल बाटोको अनुगमन गरिएको छ ।अनुगमनको क्रममा साठी लाख बराबरको निर्माण सम्पन्न योजनाहरुको अनुगमन गरिएको थियो । अनुगमन संयोजक राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारी, वडा अध्यक्ष जगतबहादुर थापा, विष्णुबहादुर घर्ती क्षेत्री, कार्यपालिका सदस्य तारा चौधरी, सूचना अधिकारी गिरिधारीप्रसाद पन्त प्राविधिक विमला भट्टराई, सञ्चार संयोजक तिर्थराज ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

योजना अनुगमनको क्रममा हरेक योजनाहरुका निर्माण समितिका पदाधिकारीहरुसँग सोधपुछ तथा नापजोख समेत गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस