घोराही, १० चैत । एसइई परीक्षा सुरु भएको पहिलो दिन आइतबार दाङमा १ सय ४६ जना अनुपस्थित भएका छन् । दाङबाट ११ हजार ४ सय ६४ जनाले परीक्षाका लागि फारम भरेका थिए । परिक्षाको पहिलो दिन ५८ जना छात्र र ८८ जना छात्रा गरी १ सय ४६ जना अनुपस्थित भएका हुन् ।

अंग्रेजी विषयको परिक्षामा नियमित तर्फ १० हजार ९ सय ९० र ग्रेड बृद्धि तर्फ १ सय ६० जनाले परीक्षा दिएको शिक्षा विकास तथा समन्वय ईकाई दाङले जानकारी दिएको छ । ग्रेड बृद्धिका लागि एउटै व्यक्तिले फरक फरक विषयहरुमा फारम भर्दा कूल ११ हजार ४ सय ६४ संख्या देखिएको ईकाइका शाखा अधिकृत देवमणि चौधरीले जानकारी दिनुभएको छ । ४४ वटा परिक्षा केन्द्र तोकेर परिक्षा सञ्चालन गरिएको छ । ९१ सामुदायिक र ९२ सस्थागत बिद्यालयका बिद्यार्थीहरु सहभागी छन् ।

यसबर्ष देखि होमसेन्टरको अबधारणा समेत हटाइएको छ । शान्तिपूर्ण तरिकाले परिक्षा सम्पन्न भएको ईकाई प्रमुख सूर्यराज घिमिरेले जानकारी दिनुभएको छ । यसबर्ष तुलसीपुरको सेन्टर माविबाट सांसद तथा नेकपा सचेतक शान्ता चौधरीले एसइई परीक्षा दिनुभएको छ । सांसद चौधरीले दाङबाट र छोरीले काठमाडौबाट परीक्षा दिनुभएको छ । त्यसैगरी, तुलसीपुर कारागारबाट एक कैदीले पनि परीक्षा दिएका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस