तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी), १७ चैत्र । राप्ती गाउँपालिकामा ६२औँ सहकारी दिवस मनाउने कार्यक्रमलाई व्यवस्थित गर्न आइतवार गाउँपालिकामा छलफल गरिएको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारा सहित राप्ती गाउँपालिकामा यही चैत २० गते  सहकारी सम्वन्धी लोकगीत प्रतियोगिताको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम संयोजक राप्ती गाउँपालिका आर्थिक विकास शाखा प्रमुख महेश अधिकारीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यतामा सम्पन्न छलफलमा विभिन्न जिम्मेवारी बाँडफाँड गरिएको छ । छलफलमा मन्च व्यवस्थापन, कार्यक्रम व्यवस्थापन सञ्चालन, अतिथि स्वागत, मूल्याङकन, प्रमाणपत्र पुरस्कार व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड गरिएको छ ।
छलफलमा उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, वडा नं. १ का अध्यक्ष ताराबहादुर डिसी, सदस्य सचिव दयाराम चौधरी, परमेश्वरी ज्ञवाली, देवप्रसाद चौधरी, जीवराज शर्मा, विष्णु गुरुङ, अशोक पोख्रेल, कुसुम चौधरीलगायतको सहभागिता रहेको थियो ।
६२औँ सहकारी दिवस भव्य र सभ्य तवरले मनाउनका लागि राप्ती क्षेत्रका सहकारीहरु एकजुट भएको सहकारी नेताहरुले बताउनु भएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस