तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी दाङ), २० चैत । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकामा ६२औँ सहकारी दिवस मनाइएको छ । कार्यक्रमका वक्ताहरुले समाजका मध्यम तथा बिपन्न वर्गको विकासका लागि सहकारीले खेलेको भूमिकाप्रति खुलेरै प्रसंशा गरेका थिए । तल्लो तहसम्म पुगेर सहकारीले ल्याएका सकारात्मक परिवर्तनको उदाहरण दिँदै उनीहरुले सहकारीका माध्यमबाट मानिसको जीवनस्तरमा ठुलो परिवर्तन आएको बताएका थिए ।
राप्ती गाउँपालिका आर्थिक विकास समिति संयोजक ताराबहादुर डिसीको अध्यक्षता, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको विशिष्ठ आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष हरि भुसाल, जिल्ला बचत तथा ऋण सहकारीका कोषाध्यक्ष शिवध्वज मल्ल, जिल्ला बचत संघका रामकृष्ण आचार्य, जिल्ला सहकारी संघका दल बहादुर घर्ती मगर, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्जुन अधिकारी, नेपाली काग्रेशका हस्त गुरुङ, राष्ट्रिय जनमोर्चाका केशव खनाल, नागरिक समाजका दामोदर भण्डारी,वडा नं ८ का वडा अध्यक्ष गोकर्ण बहादुर राना मगर, पत्रकार महेश रिजाललगायतका बक्ताहरुले सहकारीले राप्ती क्षेत्रमा गरेका कामका बारेमा विचार व्यक्त गर्नुभएको थियो । सहकारीका सबल एव‌ं दुर्बल दुवै पक्ष भए पनि सबल पक्षलाई अगाडि बढाउँदै दुर्बल पक्षलाई हटाउँदै जानुपर्ने वक्ताहरुको धारणा थियो ।
उक्त अवसरमा राप्ती गाउँपालिका क्षेत्रमा सेवा दिँदै आइरहेका ३८ सहकारीले विशेष झाँकीसहित सहकारी सम्बन्धी नारा समेत लगाएका थिए ।

लोकगीत प्रतियोगिता सम्पन्न

सहकारी दिवस मनाउने क्रममा  राप्ती क्षेत्रमा रहेका सहकारीबीच सहकारी लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । दशवटा सहकारीहरुको सहभागिता रहेको प्रतियोगितामा सहकारीको अवस्था, व्यवस्था, गुण, फाइदासहित सहकारीमा आवद्ध हुन अनुरोध गर्दै गीत प्रस्तुत गरिएको थियो ।
प्रतियोगितामा ईच्छुक स्मृति कृषि सहकारी प्रथम, महाप्रभु साकोस द्वितीय, स्वरोजगारी पशु पंक्षी विकास कृषि सहकारी तृतीय र हरियाली  साकोसले सान्त्वना स्थान प्राप्त गरेका छन् । लोकगीत प्रतियोगितामा हरियाली साकोस, विहानी साकोस, स्वरोजगार पशुपंक्षी सहकारी, जनजिवीका साकोस, लालमटिया तथा सिसहनिया साना किसान सहकारी, महाप्रभु साकोस, भृकुटि साकोस, ईच्छुक स्मृती कृषि सहकारी, हाम्रो बचत साकोसको सहभागिता रहेको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस