तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी), २२ चैत । राप्ती गाउँपालिकामा सञ्चालित तराई मधेश समृद्ध कार्यक्रम तथा सांसद क्षेत्र विकास कोष अन्तर्गतका दुईवटा योजना स्थलको राप्ती गाउँपालिकाबाट अवलोकन गरिएको छ । बिहीवार तराई मधेश समृद्ध कार्यक्रम अन्तर्गतको राप्ती गाउँपालिका वडा नं ६ बगरापुरस्थित थारु सांस्कृतिक भवन र सांसद क्षेत्र विकास कोष सांसद मेटमणि चौधरीबाट प्राप्त वडा नं. ७ छोट्की सिसहनियाँस्थित सामुदायिक भवन तथा गुरुदेव भवनको अवलोकन गरिएको हो  ।
स्थलगत अवलोकनमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जगदप्रसाद भुसाल, वडा नं. ६, ७ का अध्यक्षद्वय बेदप्रसाद चौधरी, विद्याशरण चौधरी एवं रेशमराज अधिकारी लगायतको सहभागिता रहेको थियो ।
तराई मधेश समृद्ध कार्यक्रम अन्तर्गतको राप्ती गाउँपालिका वडा नं. ६ बगरापुरस्थित थारु सांस्कृतिक भवन निर्माणका लागि करिब  ६५ लाख रुपैयाँ तथा सांसद क्षेत्र विकास कोष सांसद मेटमणि चौधरीबाट प्राप्त वडा नं. ७ छोट्की सिसहनियाँ स्थित सामुदायिक भवन तथा  गुरुदेव भवन मर्मतका लागि  २४ लाख ६० हजार बराबरको रकम स्वीकृत भएकोमा कार्य सुरुवातको लागि गाउँपालिकाबाट स्थलगत अनुगमन गरिएको हो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस