घोराही, २१ चैत । शैक्षिक सुधारका लागि घोराही उपमहानगरपालिका ११ ले वडाभित्र रहेका विद्यालयहरुसँग छलफल थालेको छ । वडा कार्यालयको आयोजनामा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र शिक्षाप्रेमीको सहभागितामा छलफल थालिएको हो ।

वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका सबै पदाधिकारीसँग छलफल गरिएको छ । शैक्षिक सुधारका लागि पहिलो चरणमा छलफल गरिएको वडाध्यक्ष कुलबहादुर लामिछानेले जानकारी दिनुभयो । विद्यार्थी संख्या न्यून भएका विद्यालयहरुमा विद्यार्थी संख्या कसरी बढाउन सकिन्छ र शैक्षिक गुणस्तर कसरी बृद्धि गर्न सकिन्छ भन्ने विषयमा विशेष छलफल हुने वडाध्यक्ष लामिछानेले बताउनुभयो ।

वडाध्यक्ष लामिछानेको अध्यक्षता तथा नेपाल शिक्षक संगठनका जिल्ला सचिव मिनराज शर्माको प्रमुख आतिथ्यता तथा पशुपति विद्यालश्रमका प्रिन्सिपल केशव थापाको विशिष्ट आतिथ्यतामा छलफल भएको हो ।

छलफलले शैक्षिक सुधारका लागि सबै उपायहरु अपनाएर अघि बढ्ने निर्णय समेत गरेको छ । वडा सदस्य ज्ञानेन्द्रबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक लालमणि खड्काले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस