तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), २१ चैत । राप्ती गाउँपालिकाको हालसम्मको योजना तथा कार्यक्रमको अवस्थाको बारेमा राप्ती गाउँपालिकाका ईन्जिनियर, ओवरसियर, अ.स.ई, अमिन, प्राविधिकहरुसँग सोधपुछ गरिएको छ ।
यस आर्थिक वर्षको स्वीकृत योजना अन्तर्गतका विकास निर्माणका योजनाहरुको अवस्थाबारे राप्ती गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतले जानकारी लिनुभएको हो । राप्ती गाउँपालिकाको तेस्रो गाउँसभाबाट स्वीकृत भएका योजनाहरुलाई हिले योजनाबाट बचाउँदै समयमै सम्पन्न गर्न ईन्जिनियर, ओवरसियर तथा अ.स.ई तथा प्राविधिकहरुसँग सोधपुछ गरिएको हो ।
सम्पन्न योजना, सञ्चालनमा रहेका योजना, सुरु नभएका योजना, घर नक्सा अभिलेखीकरणलगायतका विषयमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले सोधपुछ गर्नुभएको हो ।राप्ती गाउँपालिकाले यस आर्थिक वर्षका सम्पूर्ण स्वीकृत योजनाहरु समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न उपभोक्ता समतिलाई अनुरोध गरेको छ । साथै सम्पूर्ण कर्मचारीलाई योजनाका कार्य सुरु हुनु पूर्व स्टिमेट निर्माण वा जानकारी दिने कार्यमा समयमै सहयोग गर्न समेत निर्देशन दिइएको छ ।












