तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी), २१ चैत । राप्ती गाउँपालिकाको हालसम्मको योजना तथा कार्यक्रमको अवस्थाको बारेमा राप्ती गाउँपालिकाका ईन्जिनियर, ओवरसियर, अ.स.ई, अमिन, प्राविधिकहरुसँग सोधपुछ गरिएको छ ।
यस आर्थिक वर्षको स्वीकृत योजना अन्तर्गतका विकास निर्माणका योजनाहरुको अवस्थाबारे राप्ती गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतले जानकारी लिनुभएको हो । राप्ती गाउँपालिकाको तेस्रो गाउँसभाबाट स्वीकृत भएका योजनाहरुलाई हिले योजनाबाट बचाउँदै समयमै सम्पन्न गर्न ईन्जिनियर, ओवरसियर तथा अ.स.ई तथा प्राविधिकहरुसँग सोधपुछ गरिएको हो ।
सम्पन्न योजना, सञ्चालनमा रहेका योजना, सुरु नभएका योजना, घर नक्सा अभिलेखीकरणलगायतका विषयमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले सोधपुछ गर्नुभएको हो ।
राप्ती गाउँपालिकाले यस आर्थिक वर्षका सम्पूर्ण स्वीकृत योजनाहरु समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न उपभोक्ता समतिलाई अनुरोध गरेको छ ।  साथै सम्पूर्ण कर्मचारीलाई योजनाका कार्य सुरु हुनु पूर्व स्टिमेट निर्माण वा जानकारी दिने कार्यमा समयमै सहयोग गर्न समेत निर्देशन दिइएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस