काठमाडौँ, २५ चैत । जन्मका आधारमा नागरिकता लिएका नागरिकको सन्तानलाई वंशजको नागरिकता दिनु भन्ने गृह मन्त्रालयको सर्कुलर कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले सर्कुलर तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

गृह मन्त्रालयले चैत १९ गते देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता प्राप्त गर्ने नागरिकका सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिनु भनी सर्कुलर गरेको थियो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाइएको छ । सर्वोच्चले वैशाख ३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएका छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस