दाङ, २६ बैशाख । स्वास्थ्यकर्मी बसन्तकुमार रावतले जन्मदिनको अवसर पारेर नागरिकको स्वास्थ्य रक्षाको लागि सिसहनियाँ स्वास्थ्य चौकीलाई  ६५ हजार बरावरको औषधि प्रदान गर्नुभएको छ । बुधवार एक कार्यक्रमको आयोजना गरी  सिसहनियाँ निवासी स्वास्थ्यकर्मी रावतले ५९औँ जन्मदिनको अवसरमा  स्वास्थ्य चौकी सिसहनियाँका व्यवस्थापन समिति अध्यक्ष तथा स्वास्थ्यचौकी ईन्चार्जलाई औषधि प्रदान गर्नुभएको हो ।
स्वास्थ्यकर्मी भएका कारण गरिव बिपन्न नागरिकलाई सामान्य औषधिको अभावमा रोगका कारण ग्रस्त हुनबाट बचाउन सकिन्छ कि भनी आफूले सक्दो सहयोग गर्ने मनसायले औषधि उपलब्ध गराएको रावतले बताउनु भएको छ ।
वडा नं ५ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी सिसहनियाँका व्यवस्थापन समिति अध्यक्ष गोवर्धन रावतको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि करिव ६० प्रकारका औषधि स्वास्थ्यकर्मी बसन्तकुमार रावतले प्रदान गर्नुभएको थियो ।
जन्मदिनको अवसरमा गरिव बिपन्नहरुका लागि औषधि वितरण गरि पुन्यको काम गर्नु भएकोमा राप्ती गाउँपालिकाका प्रबक्ता विद्याशरण चौधरी, समाजसेवी गंगाराम भट्टराई, उद्योग बाणिज्य संघ सिसहनियाँका महासचिव ईश्वरी अधिकारी लगायतकाले स्वास्थ्यकर्मी बसन्तकुमार रावतलाई धन्यवाद तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस