घोराही, २० पुस । घोराहीमा मितज्यू नेप्किन उद्योगको स्थापना भएको छ । घोराहीमा श्रीधर भुषाल र रामचन्द्र नेपालले संयुक्त लगानीमा मितज्यू नेप्किन उद्योगको स्थापना गर्नुभएको छ ।

विवाह, पार्टीमा दुलाहा–दुलहीको नाम छाप्ने नेप्किन दिने व्यवस्था गरिएको मितज्यू नेप्किन उद्योगकका सञ्चालक श्रीधर भुषालले पत्रकार सम्मेलनमा बताउनुभयो । ग्राहकले रोजाई अनुसारको बुट्टा चित्र नेप्किनमा उपलब्ध गराइने उहाँले बताउनुभयो । जिल्लामा नेप्किनको माग बढी हुन थालेपछि र बाहिर जिल्लाबाट ल्याउनु पर्ने अवस्था भएकै कारण दाङमा उत्पादन गरेर उद्योग
संचालन गरेको उहाँले बताउनुभयो ।

उद्योगमा नेप्किन निकाल्ने मेसिन राखिएको हुँदा ग्राहकको अर्डर अनुसार जुन समयमा पनि उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । ग्राहकको मन पर्ने रङको नेप्किनको व्यवस्था समेत गरिने जानकारी दिनुभयो । उद्योगमा सादा नेप्किनको पनि व्यवस्था गरिएको छ । अहिले दाङको लागि मात्रै नेप्किनको उत्पादन गरे पनि सल्यान, प्युठान, रोल्पा, रुकुम लगायतका छिमेकी जिल्लाहरुमा बजार व्यवस्थापन गर्ने लक्ष्य लिएको उद्यागले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस