सिसहनियाँ, ६ चैत । सिसहनियाँ उद्योग बाणिज्य संघ सिसहनियाँले  नयाँवर्ष २०७६ को अवसरमा सन्देशमूलक भित्तेपात्रो प्रकाशन गर्ने भएको छ ।
उद्योगी, ब्यापारीले बिक्री गर्दा वा ब्यापार गर्दा र सेवाग्राहीले खरिद गर्दा ध्यानदिनु पर्ने नियम तथा सन्देश समावेश गरी २०७६ को अवसरमा सन्देशमूलक भित्तेपात्रो प्रकाशन गर्न लागिएको सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले बताउनुभयो ।
सिसहनियाँ उद्योग वाणिज्य संघले आफ्नो मातहतमा रहेका उद्योगी ब्यापारीहरुलाई कानुन सम्मत ब्यापार ब्यवसाय बढाउँदै ग्राहकको आवस्यकता तथा चाहना अनुरुपका गुणस्तरीय सामग्री सुपथ मुल्यमा बिक्री गर्दै नमुना बजारको रुपमा विकास गर्ने लक्ष्यअनुसार आगामी नयाँवर्षको सन्देशमूलक भित्तेपात्रो प्रकाशन गरी सचेत र सुचित गर्न थालिएको  संघका महासचिव ईश्वरी अधिकारीले जानकारी दिनुभएको छ ।
प्रकाशन गर्न थालिएको भित्तेपात्रोमा ब्यवसायीको सन्देश, परिचय, कार्यसमितिको विवरण, उद्योगी ब्यापारीहरुलाई आवस्यक नियमहरु, ग्राहकलाई सचेत पार्ने सन्देश, तिथिमिति, सार्बजनिक विदालगायत समावेश गरिएको सचिव मदन पोख्रेलले बताउनुभयो ।
सिसहनियाँ उद्योग वाणिज्य संघमामा पाचँ सय पचहत्तर ब्यवसायीहरु आवद्ध रहेका छन् । जसमा उद्योगतर्फ दुईसय आठ र बाणिज्यतर्फ तीन सय सत्सट्ठी ब्यवसायी आवद्ध रही ब्यापार गरिरहेको कार्यालय सचिव युवराज सुवेदीले जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस