घोराही, २८ पुस । राप्ती इञ्जिनियरिङ कलेजद्वारा आयोजित सप्ताहव्यापी खेलकुद प्रतियोगिताको पुरुस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत ब्याचुलर, डिप्लोमा तथा प्राविधिक एसएलसी तहका छात्रा–छात्रलाई खेलकुदप्रति जागरुक बनाउने उद्देश्यका साथ सप्ताव्यापी खेलकुद प्रतियोगिताको आयोजना गरेको कलेजले बताएको छ । कलेजले ब्याडमिन्टन, कुर्ची दौड, घैँटा फोड, वक्तृत्वकला, तातो आलु, सटपुट, दौड, चेस, हाजिरीजवाफ, फुटवल, क्रिकेट, भलिवल, बास्केटबल, टेबलटेनिस, लगायतका विभिन्न खेलको आयोजना गरेको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेशसभा सदस्य माननीय इन्द्रजीत थारुले खेलले रचनात्मक प्रतिस्पर्धामा उत्रिन भूमिका खेल्ने बताउँदै खेलकुदमा लाग्ने मान्छे कहिल्यै पछाडि नपर्ने बताउनुभयो । व्यक्तिमा खेलकुदले आत्मविश्वास बढाउने भन्दै उहाँले जीवन प्रतिस्पर्धाबाट अझ खेलाडीलाई फाइदा पुग्ने उल्लेख गर्नुभयो । खेलकुदले व्यक्तिलाई सबै क्षेत्रबाट फाइदा पुग्ने भएकोले प्रदेशसभा प्रत्येक पालिकास्तरीय खेलकुद मैदान बनाउने तयारीमा रहेको कुरा उल्लेख गर्नुभयो । कलेजले गुणस्तरीय प्राविधिक शिक्षा दिएको आफूलाई अनुभूति भएको भन्दै उहाँले बधाई तथा प्रगतिको कामना गर्नुभएको थियो ।कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरी, निर्देशक मधुसूदन वैद्य, कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल यादव सुवेदी, नागरिक समाज दाङका अध्यक्ष चन्द्रराज पन्त, प्रा.डा. बसन्तराज शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा व्याचुलर, डिप्लोमा तथा प्राविधिक एसएलसीतर्फका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कलेज व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक भीमसेन गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बीई. सिभिल चौथो वर्षका विद्यार्थी विकास जिसीले गरेका थिए । कार्यक्रम खेल संयोजक बीई. सिभिल चौथो वर्षका विद्यार्थी गोविन्दकुमार मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस