घोराही, ११ माघ । नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी दाङ शाखाले स्वर्गीय ऋषिराम रिजालको परिवारलाई शनिबार बिमा दावी भुक्तानी गरेको छ । घोराही उपमहानगरपालिका १५ का रिजालले ६ वर्ष अघि जीवन समृद्धि बिमा योजना अन्तर्गत ५० लाखको बिमा गर्नुभएको थियो ।

बिमा बापतको ५० लाख बिमाङ्क, १८ लाख ६० हजार बोनस, अग्रीम भुक्तानी बापतको चार वर्षको रकम १५ लाख गरी ८३ लाख ६० हजारको लाभ प्राप्त भएको नेपाल लाईफ इन्स्योरेन्स घोराही दाङ शाखा प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो ।

बिमा दावी बापतको रकम घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र शाखा प्रमुख अधिकारीले संयुक्त रुपमा स्वर्गीय रिजालको पत्नी इन्दिरा रिजाललाई हस्तान्तरण गर्नुभएको थियो । चेक हस्तान्तर पश्चात् नगरप्रमुख चौधरीले बिमाले बिना झञ्झट बिमितहरुलाई सेवा दिनुपर्ने बताउनुभयो । घरमै आएर रकम दिँदा बिमा कम्पनीप्रति नागरिकहरुको विश्वास अझ बढेको बताउँदै उहाँले बिमाबाट पाएको रकमलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । अभिभावकको अभाव पूरा गर्न नसके पनि बिमाले आर्थिक समस्या टार्न धेरै नै सहज हुने उहाँको धारणा थियो ।

रिजालको क्यान्सर रोगका कारण ४२ वर्षको उमेरमा निधन भएको थियो । कार्यक्रममा कम्पनीका घोराही शाखा प्रमुख वसन्त अधिकारीले बिमितहरुले आफ्ना कागजातहरु सुरक्षित राखी बिमा दावी गर्दा बुझाएमा भुक्तानी गर्दा कुनै पनि झन्झट नहुने भन्दै आफूहरुले जतिसक्यो चाँडो बिमा भुक्तानी दिने गरिरहेको बताउनुभयो । बिमा क्षेत्रकै अग्रणी कम्पनीको रुपमा रहेको नेपाल लाइफ ईन्स्योरेन्समा बिमा गर्दा अन्य कम्पनी भन्दा धेरै बोनस समेत पाइने उहाँले बताउनुभयो । बिमा गर्दा जोखिम बहनका साथै सुरक्षित बचत एवं सहजरुपमा ऋण समेत प्राप्त हुने उहाँले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस