तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी, दाङ), २७ माघ । राप्ती गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकूद तथा अध्यक्षकप प्रतियोगिता मंगलवारदेखि सुरु हुने भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले वार्षिक कार्यक्रमअनुसार राप्ती गाउँपालिकाको आयोजनामा राष्ट्रपति रनिंग शिल्ड खेलकूद प्रतियोगिता यही माघ २८, २९ र फाल्गुण १ गते राप्ती गाउँपालिकाको वडा नं ३ स्थित सिरिचौरखेल मैदान र लालमटियाको टुडिखेलमा सञ्चालन हुने जानकारी दिनुभयो ।

राष्ट्रपति रनिङशिल्ड खेलकूद प्रतियोगितामा राप्ती गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका आधारभूत तथा माध्यामिक तहका विद्यार्थीहरुलाई सहभागी गराइने र अध्यक्षकप प्रतियोगितामा वडास्तरीय खेलाडीहरु सम्मिलित हुने बताइएको छ ।

राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा छात्र र छात्रातर्फ अलगअलग भलिवल, कबड्डी, एथलेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल समावेश गरिएको र अध्यक्षकप प्रतियोगितामा फुटवल खेल समावेश गरिएको शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो ।

सोमवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी तथा कार्यपालिका सदस्यहरुलाई राप्ती गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद तथा अध्यक्ष कप प्रतियोगिताको हालसम्मको तयारीको बारेमा जानकारी गराउँदै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले खेलमा विद्यालय तथा वडाका खेलाडीको उत्साहका साथ सहभागिता हुने बताउनुभएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड खेलकूदमा माध्यमिक तह अन्तर्गतका खेलहरुमा भलिवल छात्र र छात्रा अलग अलग, कबड्डी छात्र र छात्राहरु अलग अलग, एथलेटिक्सतर्फ, दौड ट्रयाकतर्फ छात्र १०० मि. २०० मि. ४०० मि. ८०० मि. १५०० मि. ३००० मि. ४×१०० मि. रिले, ४ ४०० मि रिले, छात्रा तर्फ १०० मि. २०० मि. ४०० मि. ८०० मि. १५०० मि. ३००० मि. ४×१०० मि. रिले, ४ जना ४०० मि. रिले, उफ्रने र फ्याक्ने, फिल्डतर्फ छात्र हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सटफुट १० पाउण्ड, छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सटफुट १० पाउण्ड र आधारभूत तह तर्फका खेलहरु १०० मिटर दौड छात्र र छात्रा दुबै, ४×१०० मिटर रिले दौड छात्र र छात्रा दुबै, लङगजम्प छात्र र छात्रा दुुबै, हाइजम्प छात्र र छात्रा दुुबै सहभागी रहेने खेल खेलाइने छ ।

खेलकूदमा सहभागी हुने विद्यार्थी तथा खेलाडीहरुले आफ्नो विवरण खुल्ने गरी निर्धारित राप्ती गाउँपालिकाको नियमानुसारको ढाँचामा फाराम भरी गत माघ २४ गतेभित्र राप्ती गउाँपालिका शिक्षा युवा तथा खेलकूद शाखामा पेश समेत गरिसकेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस