दार्मा, १९ वैशाख । दार्मा गाउँपालिका सल्यानले कक्षा ८ र ५ को नतिजा प्रकाशन गरेको छ । लकडाउनका कारण अभिभावक भेलामा नतिजा प्रकाशन गर्न नसकिएकोले दार्मा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले कक्षा ८ र ५ को नतिजा मोबाइल एसएमएसबाट थाहा पाउन सकिने गरी व्यवस्था मिलाएको शिक्षा शाखाका रोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

आफ्नो नतिजा थाहा पाउनका लागि मोबाइलको एसएमएस बक्समा गई Result darma Symbol No टाइप गरी ३१००७ मा पठाएमा विषयगत ग्रेडसहित GPA प्राप्त गर्न सकिने पाण्डेयले जानकारी दिनुभयो । सिम्बाेल नम्बर टाइप गर्दा ९ अङ्कको विद्यालयको कोड, दुई अङ्कको वर्ष (76), र ५ अङ्कको विद्यार्थीको EMIS कोड हान्नुपर्ने हुन्छ ।कक्षा ८ को परीक्षामा २ सय ३५ छात्रा र २ सय १६ छात्र गरी जम्मा ४५१ जना विद्यार्थी सहभागी भएका थिए । प्रकाशित नतिजा अनुसार कक्षा ९ मा भर्ना हुन योग्य विद्यार्थी ४ सय २६ जना रहेका छन् । कक्षा ९ मा भर्ना हुनका लागि अनिवार्य विषयमा न्यूनतम डी प्लस ग्रेड आएको हुनुपर्ने प्रावधान रहेको छ । साथै अपग्रेड हुन चाहने विद्यार्थीले आफ्नो विद्यालयमा फाराम भर्न समेत शाखाले आह्वान गरेको शिक्षा शाखाका पाण्डेयले बताउनुभयो । फाराम सङ्कलन गरी शाखाले परीक्षाको मिति तोकी पुनः परीक्षा गराई अपग्रेडको अवसर दिनेछ ।

साथै कक्षा ५ को वार्षिक परीक्षामा जम्मा ५ सय ७६ जना विद्यार्थी सहभागी भएकोमा ५ सय ५४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । कक्षा ५ उत्तीर्ण हुनका लागि निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली र आवधिक परीक्षामा न्यूनतम ४० प्रतिशत अङ्क ल्याउनु पर्ने हुन्छ ।

परीक्षाको नतिजा दार्मा गाउँपालिकाको वेवसाइट www.darmamun.gov.np मा गएर समेत हेर्न सकिने शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

विद्यालयको कोड नम्बर यसप्रकार रहेको छ :

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस