दाङ, १९ वैशाख । प्रदेश नम्बर ५ को रुपन्देही र बाँकेमा आज नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ ।

दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि डा. अधिकारीले जानकारी दिनुभयो । रुपेन्देहीका युवाको भैरहवास्थित क्षेत्रीय प्रयोगशालामा र बाँकेका ५० वर्षीय पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस