दाङ, २ जेठ । हालसम्म कोरोना सङ्क्रमण नदेखिएको दाङमा ३ जनामा कोरोनाको सङ्क्रमण पुष्टी भएको छ । शुक्रबार साँझ ८:१५ बजे दाङका तीनजना सहित नौ जनामा कोरोना सङ्क्रण भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २६७ पुगेको छ ।

शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल नेपालगञजमा गरिएको परिक्षणमा ९ जनामा कोरोनाको संक्रमण देखिएको जनकारी दिएको छ । पर्साका ९ वर्षीय बालक, विरगञ्जका १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिलामा संक्रमण देखिएको हो ।

त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि संक्रमित देखिएका छन् । दाङको गढवा ४ का २३ वर्षीय पुरुष, गढवा ५ कै ३६ वर्षीय पुरुष र तुलसीपुर ७ निवासी ३४ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस