दाङ, २५ जेठ । दाङका साहित्यिक संस्था एवं साहित्यकारहरुले घोराही–१५ स्थित भानुचोक (तुलसीपुर चोक)मा आदिकवि भानुभक्त आचार्यको शालिक राख्न घोराही उपमहानगरपालिकालाई आग्रह गरेका छन् । उपमहानगरपालिकाले उत्त चोकमा घोडाको प्रतिमा राख्ने गरेको निर्णयप्रति उनीहरुहरुले ध्यानार्कषण जनाएका छन् ।

तत्कालीन त्रिभुवन नगरपालिकाले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको प्रतिमा घोराहीको भानुचोक (तुलसीपुर चोक)मा राख्ने निर्णय गरेकोमा अहिले घोडाको प्रतिमा राख्न थालेको निर्णयप्रति असहमति व्यक्त गर्दै दाङका साहित्यिक संस्था एवं साहित्यकाहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् । यसअघि ट्राफिक चोकमा घोडाघोडीको प्रतिमा राखिएपछि पुनः उस्तै प्रतिमा आर्काे चोकमा राख्नु उपयुक्त नरहने विज्ञप्तिमा उल्लेख छ । उपमहानगरलाई उक्त निर्णय सच्चाउँदै आदिकवि आचार्यको प्रतिमा राख्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

Advertisements

दाङका साहित्यिक संस्थाहरुबाट राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, प्रगतिशील लेखक संघ दाङका अध्यक्ष भुवन देवकोटा, लेखक संघका अध्यक्ष खजराज न्यौपाने, राप्ती साहित्य परिषद् दाङका अध्यक्ष कमलमणि देवकोटा एवं साहित्यकार नारायणप्रसाद शर्मा, गिरिराज शर्मा, डा. अमर गिरी, उत्तमकृष्ण मजगैयाँ, पद्मप्रसाद शर्मा, डा. गोविन्द आचार्य, टीकाराम उदासी, शरद अधिकारी, केशव थापा, सुशील गौतम र केवि मसालले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस