दाङ, १० भदौ । दाङमा आज १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । दाङको तुलसीपुर र घोराहीमा नयाँ कोरोना संक्रमित थपिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा तुलसीपुरमा ७ जना कोरोना संक्रमित थपिएका छन् । तुलसीपुरबाट संकलन गरिएको १०३ जनाको स्वाव परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ३ जना भारतबाट आएका व्यक्ति हुन् ।

उनीहरु तुलसीपुरको वडा नम्बर १० का ५७ वर्षका एक पुरुष, वडा नम्वर १७ का १७ बर्षिया युवती र ३ नम्बरका ४१ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य होम क्वारेन्टाइन बसेका र कन्ट्याक्ट ट्रेसिङ गरिएका ४ जनामा कोरोना देखिएको हो । उनीहरु मध्ये वडा नम्बर ५ का ६२ वर्षिया एक महिला, वडा नम्बर ६ का क्रमश २५ र ४१ वर्षका दुई जना र वडा नम्बर ११ का ३६ बर्षिय एक पुरुषमा कोरोना देखिएको फोकल पर्सन केसीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस