दाङ, १२ भदौ । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सांसदसमेत रहेका चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।

डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

६५ वर्षीय चौधरी फोर्ब्सको सूचीमा परेका एक मात्र नेपालका अरबपति व्यवसायी हुन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस