१६ असोज, बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गर्नुभएकाे छ । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र  अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषद्को यो निर्णयसँगै प्रदेश ५ मा प्रदेश राजधानी रुपन्देही बनाउने कि दाङलाई बनाउने भन्ने विषयमा विवाद थियो । अब उक्त विवाद टुंगिएको छ । प्रदेश सभाको अर्को बैठक असोज १९ गते बोलाइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस