दाङ, २२ असोज । नगर प्रमुख घनश्याम पाण्डेमा कोरोना सङ्क्रमण पुष्टी भएपछि तुलसीपुर उपमहानगरपालिका २९ गतेसम्मका लागि बन्द गरिएको छ । कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु २९ गतेसम्मका लागि बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

कार्यबाहक नगर प्रमुख माया शर्माको अध्यक्षमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी उपमहानगरपालिकाका वडाहरुले भने कोरोना सङ्क्रमणको जोखिमतालाई मूल्याङ्कन गरी खोल्ने या बन्द गर्ने निर्णय लिनसक्ने बताइएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणमा नगरप्रमुख घनश्याम पाण्डे, सचिवालयका एक कर्मचारीसहित तुलसीपुर क्षेत्रका २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरुको यही बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस