दाङ, ९ मङ्सिर । दार्मा गाउँपालिकामा लिइएका ३५ स्वाब परीक्षणका क्रममा एकजनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । कोरोना सङ्क्रमणको अवस्था परीक्षणका लागि गाउँपालिकाले यही ७ गते ३५ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो ।

दाङमा पोजिटिभ केससित कन्ट्याक्ट ट्रेसिङमा रहनुभएका दार्मा गाउँपालिका वडा नं. १ का ४९ वर्षीय पुरुषमा मात्र पोजिटिभ देखिएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो । सङ्क्रमित व्यक्ति होम क्वारेन्टाइनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष केसीले बताउनुभयो ।

गाउँपालिकामा भदौ महिनापछिको यो पहिलो पोजिटिभ केस हो । पोजेटिभ केस नभेटिए पनि कोरोनाकाे सङ्कट टरिनसकेकोले उच्च सतर्कता अपनाउन गाउँपालिकाले सबैमा अनुरोध गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस