दाङ, ११ माघ । तुलसीपुर उपमहानगरपालिका दाङले जेष्ठ नागरिकको घरदैलोमै पुगेर न्यानो कपडा वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले आइतवार वडा नं. ९ को सल्लीवनमा पुगेर त्यहाँका ८४ वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

सल्लीवनका ७ जना जेष्ठ नागरिकलाई आज न्यानो कपडा वितरण गरिएको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो । न्यानो कपडाअन्तर्गत हरेक जेष्ठ नागरिकलाई ब्ल्याङ्केट, सल, टोपी, जुत्ता र मोजा वितरण गरिएको उहाँले बताउनुभयो ।

न्यानो कपडा वितरणका लागि हरेक वडामा सामग्री पु¥याइसकिएको छ । वितरणका लागि क्रमशः सबै वडामा उपप्रमुख पुग्ने कार्यक्रम रहेको महिला, बालबालिका तथा सामाजिक शाखाले जनाएको छ । वडा कार्यालय आउन नसक्ने जेष्ठ नागरिकका लागि उपप्रमुख आफै घरदैलोमा पुगेर वितरण गर्ने कार्यक्रम तय शाखाले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस