दाङ, १ फागुन । दार्मा गाउँपालिका सल्यानको आठौं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । सभाले विभिन्न ५ ओटा ऐनहरु पास गरेको छ ।

दार्मा गाउँपालिकाको शिक्षा ऐन, २०७७, दार्मा गाउँपालिकाको गाउँ प्रहरी ऐन, २०७७, दार्मा गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७७, दार्मा गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७, दार्मा गाउँपालिकाका प्रशासकीय कार्यविधि (नियमित गर्ने ऐन), २०७७ का साथै गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले प्रस्तुत गर्नुभएको बजेट संशोधन प्रस्ताव पनि सभाले पारित गरेको छ ।सभामा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गत असारमा सम्पन्न सातौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा उपाध्यक्ष टीका शर्मा ओलीले राजश्व समीक्षा प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो ।त्यसैगरी गाउँपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन गराउन आवश्यक पर्ने गाउँ प्रहरी ऐन बमोजिम गाउँ प्रहरीको दरबन्दी समेत स्वीकृत गरेको छ । यस आर्थिक वर्षका लागि तय गरिएको ‘रोकौं महामारी, उठाऔं पूर्वाधार : बढाऔं उत्पादन, बनौं स्वरोजगार’ भन्ने नारालाई सार्थक बनाउन गाउँसभाले थप दिशा निर्देशन गरेको छ ।

साथै लामो समय स्वास्थ्य क्षेत्रमा सेवा गरी अनिवार्य अवकाश प्राप्त सिअहेव नवराज शर्मालाई प्रसंशा पत्र प्रदान र हीरालाल केसीरविनोदबाबु केसी निर्मित दर्माली घाउटा र उज्यालो दार्मा गीत पनि प्रदर्शन गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस