दाङ, ७ फागुन । दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निमबहादुर केसीले कर्णाली प्रदेश समन्वय परिषदको सदस्यको जिम्मेवारी पाउनुभएको छ । कर्णाली प्रदेशका १० जिल्लाबाट एक/एक प्रतिनिधिलाई परिषद्को सदस्य तोकिएकोमा सल्यान जिल्लाबाट दार्मा गाउँपालिकाका अध्यक्ष केसीले सो जिम्मेवारी पाउनुभएको हो ।

केसीलाई कर्णाली प्रदेश मुख्यमन्त्रीस्तरको २०७७ पुस २२ गते बसेको बैठकले सो जिम्मेवारी तोकेको हो । पत्रमा संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २४ बुँदा नं. (ङ) बमोजिम जिम्मेवारी तोकिएको उल्लेख छ ।

केसीलगायत प्रदेश समन्वय परिषद्मा रुकुम पश्चिमबाट जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा, जुम्लाबाट जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्की, दैलेखबाट चामुण्डा ब्रिन्दासैनी नगरपालिका प्रमुख सूर्यबहादुर शाही, सुर्खेतबाट सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसी, मुगुबाट मुगूम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्रे लामा, हुम्लाबाट ताजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्ल, कालीकोटबाट पचालझरना गाउँपालिका उपाध्यक्ष तारा न्यौपाने, जाजरकोटबाट कुशे गाउँपालिका उपाध्यक्ष राममाया शाही, डोल्पाबाट मुड्केचुला गाउँपालिका उपाध्यक्ष सविता कुमारी रोकायाले उक्त जिम्मेवारी पाउनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस