घोराही, १७ फागुन । घोराहीको बुद्ध इन्टरनेशनल हस्पिटलमा ३५ एमएमको पित्तथैलीमा रहेको पत्थरीको सफल अपरेशन गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर बस्ने ३५ बर्षीया महिलाको अप्रेशन भएको हस्पिटलले जनाएको छ ।

अहिलेसम्म हस्पिटलमा भएका अपरेशनमध्ये सबैभन्दा ठूलो पत्थरीको अपरेशन गरिएको हस्पिटलका सिईओ बालाराम शर्माले बताउनुभयो । दुरबिन विधिबाट डा. रमेश बस्नेतको टोलीले अपरेशन गरेको उहाँले बताउनुभयो ।

अपरेशन भएकी महिला अहिले डिस्चार्ज भएर घर गइसक्नु भएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिनको आराम पश्चात् नियमित काममा फर्कने सक्ने अपरेशनमा संलग्न डा. रमेश बस्नेतले बताउनुभयो ।

बुद्ध हस्पिटलमा आधुनिक प्रविधि भित्रिएसँगै जटिलखालका अप्रेशन समेत हुँदै आएका छन् । जिल्लाभित्रै बिरामीहरुले सेवा पाउन थालेपछि उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था न्यून हुँदै गएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस