दाङ, २० चैत्र । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं. ५ सागिनेका ३४ जना एमालेमा प्रवेश गरेका छन् । काँग्रेस र माओवादी पार्टी परित्याग गरी पूर्व जनमुक्ति सेना धनबहादुर पुनसहित गेमबहादुर वली, चेतबहादुर वली, बलबहादुर थापा, मतिराम पुन, ऐनबहादुर थापा, गोकर्ण घर्तीलगायत एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला सचिव मनोहर बुढाथोकीले बताउनुभयो ।

नेकपा एमाले बङ्गलाचुली गाउँपालिका वडा नं. ४ का अध्यक्ष वेदप्रकाश महराको अध्यक्षता तथा नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रमलाई नेकपा एमालेका नेता गोविन्द आचार्य, पुष्पराज भण्डारी, भीमबहादुर खत्री, वेदुलाल जिसी, चूडामणि सुवेदीलगायतले सम्बोधन गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस