दाङ, ८ वैशाख । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ८ सय ८४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय २० र ८ सय ३ एन्टिजेन टेष्ट गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७ सय ८६, ललितपुरका १ सय ८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस