घोराही, १३ पुस । घोराही उपमहानगरपालिकाले मेलमिलापकर्ताहरुलाई क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ । उपमहानगरपालिकाका १९ वटै वडाहरुमा रहेका मेलमिलाप कर्ताहरुको क्षमता अभिबृद्धि गर्न उपमहानगरपालिकाको कानुनी मामिला शाखाले तालिम दिन थालेको हो ।

बुधबार घोराहीमा आयोजना गरेको तालिम दुई दिनसम्म तालिम चल्ने छ । पहिलो र दोस्रो दिन ३७/३७ जनालाई सहभागी बनाई तालिम दिन लागिएको शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले जानकारी दिनुभयो । नगर उपप्रमुख एवं न्यायीक समितिका संयोजक हुमाकुमारी डिसीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले मेलमिलापबाट समाजको विकास र समृद्धि प्राप्त हुने बताउनुभयो । आपसी बेमेल र विबादले समाजलाई गतिशील बनाउन नसक्ने भन्दै उहाँले विवाद भएपछि मात्रै भूमिका खोज्नु भन्दा मेलमिलापकर्ताहरुले बिबाद आउनै नदिने गरी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

बिबाद र बेलेमले मुद्धा मामिला गर्दा ठूलो झन्झट व्यहोर्नु पर्ने भन्दै उहाँले त्यस्तो अवस्था आउन नदिनका लागि मेलमिलापकर्ताहरुले गाउँ समाजमा मेलमिलापको वातावरण बनाउनु पर्ने बताउनुभयो । स्थानीय सरकारको न्यायीक समितिसम्म विवाद आउन नदिने गरी गाउँमै दुवै पक्षलाई जितको महशुस हुने गरी मेलमिलापको भूमिका मेलमिलापकर्ताहरुले गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख डिसीले गाउँका विवादहरुलाई गाउँघरमै मिलापत्र गर्ने गरी मेलमिलाप कर्ताहरुलाई दक्ष बनाउन आफुहरुले तालिमको आयोजना गरेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले न्याय प्रकृयालाई सहज र छिटो छरितो बनाउन गाउँ गाउँमा रहेका मेलमिलापकर्ताहरुको भूमिका अहम् रहने बताउनुभयो । तालिममा अधिवक्ताहरुले मेलमिलाप कर्ताहरुको भूमिका, कार्यक्षेत्र र जिम्मेवारीका विषयमा मेलमिलापकर्ताहरुलाई जानकारी गराउने छन् ।

तालिममा मुलुकी फौजदारी कार्यविधि, मुलुकी देवानी कार्यबिधी, न्यायिक समितिले निरुपण गर्ने तथा अदालतमा पठाउने विवादको प्रकृतिका बारेमा जानकारी दिने, न्यायिक समितिबाट भएका निर्णय तथा फैसला कार्यान्वयन गर्ने प्रकृया, स्थानीय सरकार सञ्चाल ऐन, न्यायिक समितिको काम, कर्तव्य र अधिकार, मेलमिलपापको विधि प्रकृयाका विषयमा जानकारी गराउने कार्यतालिका रहेको शाखा प्रमुख देवकोटाले जानकारी दिनुभएको छ ।

तालिमको प्रशिक्षकहरुमा घोराही उपमहानगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता भुपबहादुर केसी, अधिवक्ताहरु मणिराज आचार्य मौसम र अर्जुन अधिकारी रहनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस