रामप्रसाद सुवेदी ।
हापुरे, बैशाख २२ गते नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ (ख)का ईन्चार्ज तथा नेकपा एमालेका तर्फबाट बबई गाउँपालिका अध्यक्ष पदका उमेदवार भुवनेश्वर पाैडेलले आगामी ५ बर्ष भित्रमा ट्वाङखोला देखि गङटेसम्मको सडक कालोपत्रे बनिसक्ने बताउनु भएको छ । सडक चौडा बनाउने,ग्राबेल गर्ने तथा ट्वाङखोला र रिमखोलीमा पुल निर्माण गर्नका लागि आवस्यक प्रक्रियाको थालनी लगायतका कामहरुको शुरूवात भैसकेकाले अब कामहरु सहज ढङ्गले अघि बढे ढिलोमा आगामी ५ बर्षसम्ममा गङटेसम्मको बाटो कालोपत्रे भैसक्ने बताउनु भएको हो ।

नेकपा एमाले वडा नम्बर १ ले गंगटेमा आयाेजना गरेकाे चुनावी कार्यक्रमलाई सम्बाेधन् गर्दै आफुले २०७४ सालमा गरेका प्रतिबद्धता लगगभग पूरा भएको पनि बताउनु भएको छ। उहाँले माध्यमिक विद्यालय संचालन गर्ने देखि लिएर सडक बाटाे संगै स्वास्थ्य चाैकि स्थापना गर्ने कामहरु गरेकाे बताउनु भएको छ । आफुहरुले शिक्षा क्षेत्रमा १ नम्बर वडामा थुप्रै कामहरु गरेको बताउदै मा वि गङटेमा १२ कक्षासम्मको पढाइ सुचारु गर्ने र प्राबिधिक बिषय पढाउने ब्यबस्था मिलाउने प्रतिबद्धता गर्नुभएको छ ।
वडा नम्बर १ मा खानेपानीको समस्या समाधान गर्न लागि परेको भन्दै २ बर्ष भित्र खानेपानीको समस्या समाधान हुने कुरामा जाेड दिनुभयाे । त्यस्तै बबई गाउँपालिकाकाे ४०% भन्दा बढी भु-भाग एैलानी जग्गा भएको बताउदै पाैडेलले भुमीहिन सुकुमबासीकाे हकमा सबैभन्दा सुरुमा बबई गाउँपालिकाले काम थालनी गरेकाे र लालपुर्जा तयार भएकाले अबकाे १ बर्षभित्र सबैकाे हातमा लालपुर्जा पुर्याउने बताउनु भयो ।

बबई गाउँपालिकाका उपाध्यक्ष पदका उमेदवार सावित्री बिश्वकर्माले चुनावकाे बेला अन्य राजनीतिक दलहरुले छलकपट र सड्यण्त्र गर्न सक्ने भन्दै सचेत बन्न सबैमा अनुराेध गर्नु भयाे दाङको बिकट क्षेत्र मानिने गंगटेमा पछिल्लो समय बिकासले गति लिएको भन्दै उहाले केहि अधुरो कामलाई पूरा गर्न फेरि एकपटक नेकपा एमालेलाई बिजयी बनाउन अनुराेध गर्नुभयाे ।

कार्यक्रममा बाेल्दै बबई गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदका उमेदवार प्रेम बहादुर डागीले यश अघिकाे स्थानिय सरकारले गरेका कामलाई निरन्तरता दिन नेकपा एमालेलाई जिताउनुपर्ने बताउनुभयाे । उहाँले आफू वडा अध्यक्ष पदमा बिजयी भएमा स्थानिय बासीकै सरसल्लाहमा बजेट बिनियाेजन गर्ने संगै बिकाश निर्माणका सबै काम स्थानियकै सरसल्लाह र सुझावका आधारमा अघि बढाउने बताउनु भयाे ।

नेकपा एमाले बबई गाउँपालिका १ निर्वाचन परिचालन समिति संयाेजक खडक बहादुर कुवरकाे अध्यक्षता मा सम्पन्न कार्यक्रम नेकपा एमाले बबई गाउँ कमिटी सचिवालय सदस्य नन्दलाल वलीकाे स्वागत मन्तब्य बाट सुरु भएको थियो । कार्यक्रममा नेकपा एमालेका क्रियाशिल सदस्य नेवबहादुर घर्ती, पुर्णकली बिक,राम बहादुर बाेहाेरा,नेकपा एमाले बबई गाउँ कमिटी अध्यक्ष टंकराज बिश्वकर्मा लगायतकाले बाेल्नुभएकाे थियाे भने कार्यक्रमकाे सहजीकरण तिलक बिश्वकर्माले गर्नुभएको थियाे ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस